काठमाडौं । सट्टेबाजी खेलाउने २४ जनालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार १० जना भारतीयसहित २४ जनालाई ललितपुर महानगरपालिका–२ सानेपास्थित दुई वटा घरबाट पक्राउ गरिएको हो ।
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार ३ अर्ब ४ करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँको कारोबार गरेको भेटिएको छ ।
उनीहरुले दुई वटा घरलाई भाडामा लिएर व्यवसायिक तवरले अनलाइन बेटिङ खेलाउने काम गरिरहेको पाइएको छ । पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली नागरिक छन् ।
उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ अनुसार जुवा खेल्न वा खेलाउन नहुने र विदेशी विनिमय नियमित गर्ने ऐन अनुसार अनुसन्धान अघि बढाएको छ। उनीहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS