काठमाडौ । आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बानेश्वर, जोरपाटी, कुलेश्वर र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने भएकाले आगामी ८ दिनसम्म बिहान ११ देखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
आज माघ २१ गते भत्केको पुल (चाबहिल) वरिपरिका क्षेत्र, २२ गते कलंकी मालपोत वरिपरिका क्षेत्र, २३ गते बालकुमारी, इमाडोल तथा लुभु वरिपरिका क्षेत्र, २४ गते नैकापदेखि बलम्बुसम्मका क्षेत्र, २५ गते बल्खुदेखि चोभार गेटसम्मको क्षेत्र, २७ गते जोरपाटी फिडर अन्तरगत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्र, २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मको क्षेत्र र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् अवरुद्ध हुने छ ।
