काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपालकै ठूलो सूचना प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२५’ आजदेखि सुरू भएको छ । बिहीबार एक औपचारिक कार्यक्रमका बीच प्रदर्शनीकाे सुरूआत गरिएको हो ।
माघ २८ गतेसम्म चल्ने प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता छ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सरकारले हालै ल्याएका अध्यादेशले आईटी क्षेत्रमा उत्साह थपिएको बताइन् ।
उनले भनिन्, ‘सरकारले अब छिट्टै नीति र कार्यविधि बनाएर यसलाई छिटोभन्दा छिटो मूर्तरूप दिनुपर्छ ।’
FACEBOOK COMMENTS