काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रलाई उद्योगका रूपमा विकास गरिने बताएका छन् ।
बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरू भएको ‘क्यान इन्फोटेक २०२५’ लाई सम्बोधन गर्दै उनले आईटीलाई उद्योगका रूपमा विकास गर्न आवश्यक रहेको र त्यसका लागि सरकारको प्रयास रहने बताएका हुन् ।
उनले भने, ‘यो वर्ष एउटा आईटी पार्क बनाउन अहिलेको सरकार लागेको छ ।’
उनले नेपालमा पर्यटनसँगै आईटीको पनि बलिायो सम्भावना रहेको बताए ।
FACEBOOK COMMENTS