काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १२ करोड ४९ हजार रुपैयाँ नाफा कमाएको छ ।
जुन गत आवको सोही अवधिको तुलनामा १०.५३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीको नाफा १० करोड ८६ लाख १२ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १४.५५ प्रतिशतले बढेर ४ करोड १५ लाख २१ हजार रुपैयाँ पुगेको छ । यस्तै कमिसनबाट हुने आम्दानी ८२.१७ प्रतिशतले बढेर ११ करोड ८२ लाख ११ हजार रुपैयाँ पुगेको छ ।
यो अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन ३४.१८ प्रतिशतले घटेर २८ करोड २५ लाख ६० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४२ करोड ९२ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ४४ करोड १४ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS