काठमाडौँ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवा विधेयक चाँडो पारित गराउन उपसमिति गठन गरेको छ ।
समितिमा अनिर्णीत विषयलाई विशेष छलफलमार्फत टुङ्गो लगाउनका लागि नेपाली काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय संसदीय उपसमिति गठन गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।
उहाँका अनुसार समितिका सदस्यहरूमा सांसदहरू अशोककुमार राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहेका छन् ।
उपसमितिलाई एक महिनाभित्र विधेयकको प्रतिवेदन समितिमा पेस गर्न समयावधि दिइएको सभापति खतिवडाले जानकारी दिए । संविधानपछिको सबैभन्दा ठूलो विधेयक समयमै पारित नहुँदा सङ्घीयता कार्यान्वयनमै समस्या उत्पन्न हुन सक्ने भएकाले यो विधेयक चाँडो पारित गर्न लागिपरेको सभापति खतिवडाको भनाइ छ ।
FACEBOOK COMMENTS