काठमाण्डौँ — सरकारले कर्मचारीको बढुवा क्षमताभन्दा बढी उमेरका आधारमा गर्ने तयारी गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा ९० प्रतिशत बढुवा ज्येष्ठताका आधारमा र १० प्रतिशत मात्रै आन्तरिक प्रतिस्पर्धामा गर्ने व्यवस्था राखिएको हो ।
सरकारको यस्तो निर्णय निजामती प्रशासनको भविष्यका लागि घातक हुने भन्दै कर्मचारीहरूले आपत्ति जनाएका छन् ।
मन्त्रालयले मस्यौदामा कर्मचारीको अनिवार्य अवकाश उमेर ५८ वर्ष प्रस्ताव गरेको छ ।
— नयाँ पत्रिका
FACEBOOK COMMENTS