काठमाडौँ । अमेरिकाको लस एन्जलसमा सम्पन्न अस्कर अवार्ड समारोहमा यौनकर्मीको कथामा आधारित चलचित्र ‘अनोरा’ ले सर्वोत्कृष्ट चलचित्रसहित पाँच विधामा अस्कर अवार्ड पाएको छ ।
फिल्मकी अभिनेत्री माइकी मेडिसनले उत्कृष्ट अभिनेत्री (बेस्ट एक्ट्रेस) को अवार्ड जितेकी छिन् ।
यसै फिल्मका लागि सिन बेकरले उत्कृष्ट निर्देशक (बेस्ट डाइरेक्टर) को अवार्ड जितेका छन् । त्यस्तै, उत्कृष्ट सम्पादन (बेस्ट एडिटिङ) को अवार्ड पनि यही फिल्मलाई प्रदान गरिएको छ ।
उता, ‘द ब्रुटालिस्ट’ फिल्मका अभिनेता एन्ड्रियन ब्रोडीले सर्वोत्कृष्ट अभिनेता (बेस्ट एक्टर) को अस्कर अवार्ड जितेका छन् ।
यस फिल्मले सर्वोत्कृष्ट मौलिक सङ्गीत (बेस्ट ओरिजिनल स्कोर) र उत्कृष्ट छायाङ्कन (बेस्ट सिनेमाटोग्राफी) का लागि पनि अस्कर अवार्ड हात पारेको छ।
यसपालिको अस्कर समारोहमा ‘द ब्रुटालिस्ट’ ले तीन, ‘विकेड’ ले दुई, ‘एमिलिया पेरेज’ ले दुई, र ‘ड्युन : पार्ट टू’ ले दुई अवार्ड जितेका छन् ।
FACEBOOK COMMENTS