काठमाडौं । ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा आगोकाे ज्वाला निस्किएको छ ।
पानी ट्यांकी राख्न माटो खनेर सकिएपछि मेशिन फिट वाइलिङ गर्ने क्रममा जमिनमुनिबाट आगो निस्किएको हो ।
टिकाथली र चांगाथलीबीचको गोदावरी खोला नजिक पर्ने ३०० मिटर जमिनमुनिबाट निस्किएको आगोलाई बिहानदेखि स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् ।
ललितपुर प्रहरी परिसरले यस विषयमा सिनियर टोली पठाएर बुझ्ने काम भइरहेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS