काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा भारी अंकको गिरावट देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३० दशमलव ३६ अंकको गिरावट देखिएको छ । नेप्समा भारी अंकको गिरावटसँगै बजार २८ सय ४६ दशमलव ३० को बिन्दुमा रोकिएको छ ।
आज दिनभरिमा ३१८ कम्पनीको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ९ करोडको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ६४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको ४७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
FACEBOOK COMMENTS