काठमाडौं । युगान्डामा सुरु भएको चार देशीय महिला टी–२० आई शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियालाई जितका लागि ९३ रनको लक्ष्य दिएको छ ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आज टस जितेर पहिला ब्याटिङ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ९२ रन बनाएको हो ।
नेपालका लागि सम्झना खड्काले ११ बलमा चार चौकाको मद्दतले सर्वाधिक १८ रन बनाएकी हुन् । ईश्वरी विष्ट ‘नकआउट’ हुँदै १७ रन, कविता जोशीले १६, पूजा महतोले १३ रनबाहेक अन्य कुनै खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यो खेलमा नेपालले अतिरिक्त १५ रन प्राप्त गरेको छ ।
नामिबियाका लागि मेकेलाये म्वाति र विल्का म्वातिले समान तीन÷तीन विकेट हात पारे । यस्तै, केलिन ग्रिनले दुई र जुरिन डिएरगार्डले एक विकेट लिइन् । अहिले नामिबियाले जवाफी ‘ब्याटिङ’ गरिरहेको छ ।
FACEBOOK COMMENTS