काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत ७ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले आज कार्यालय समयसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी जम्मा १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले चैत १९ गते वार्षिक साधारण सभा बोलाएको छ ।
FACEBOOK COMMENTS