काठमाडौं । आज सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १.२४ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सभामा कम्पनीले वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गर्ने छ । बोनस सेयर पश्चात पुँजी वृद्धि गर्ने भएकाले बन्धपत्र संशोधन गर्ने प्रस्ताव रहेको छ ।
सभा प्रयोजनका लागि फागुन २६ गते बुक क्लोज गरिसकेको छ । फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश तथा सभामा भाग लिन पाउनेछन् । सभा अनमोल बेंक्वेट शंखमुल काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS