काठमाडौ । सानिमा बैंकले चैत्र ४ देखि १० गतेसम्म ग्लोबल मनी विकको अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
सातै प्रदेशमा रहेका बैंक शाखाहरु मार्फत विभिन्न स्कुल तथा कलेजहरुमा विद्यार्थीहरु माझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
सानिमा बैंकको सातै प्रदेशमा १३४ कार्यालयहरु र १२६ एटिएम सञ्जालहरु संचालनमा छन् ।
FACEBOOK COMMENTS