काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमानको विषयमा प्रतिपक्षीहरूले संसद अवरोध गरेपछि सत्तारुढ दलहरूको बैठक बालुवाटार सुरू भएको छ ।
समसामयिक राजनीतिको विषयमा छलफल गर्न बैठक बसेको बताइएको छ । बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका अन्य शीर्ष नेताहरू उपस्थित छन् ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राईलगायत नेताहरू पनि सत्तारुढ दलको बैठकमा उपस्थित छन् ।
कुलमानलाई हटाएको विरोधमा प्रतिपक्षी दलहरूद्वारा संसद अवरोध
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको भन्दै प्रतिपक्षी दलहरूले आजको प्रतिनिधि सभा बैठक अवरोध गरेका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विपक्षी दलहरूले सदन अवरोध गरेका हुन् ।
सभामुख देवराज घिमिरेले सदन सञ्चालनको सहज वातावरण बनाइदिन गरेको आग्रह नमानेपछि बैठक आधार घण्टाका लागि स्थगित गरिएको छ ।
कुलमानलाई हटाएको विरोधमा प्रतिपक्षी दलहरूद्वारा संसद अवरोध
FACEBOOK COMMENTS