काठमाडौं । एन आई सी एशिया बैंकले ग्लोबल मनी विक २०२५ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ।
बैंकले सातै प्रदेशका शाखामार्फत स्कुल र क्याम्पसहरूमा कार्यक्रम सञ्चालन गरेको हो।
विद्यार्थी र युवाहरूमा वित्तीय ज्ञान, सीप र सकारात्मक मनोवृत्ति विकास गर्ने उद्देश्यले आयोजित यी कार्यक्रमहरूबाट मुलुकभर ४ हजार ५०० भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन्।
सातै प्रदेशका शाखाहरूले ८० भन्दा बढी कार्यक्रमहरू सञ्चालन गरेका थिए। विशेषगरी वित्तीय साक्षरता कम भएका बाजुरा, रूकुम, कालिकोट, जुम्ला, जाजरकोट र दार्चुला जस्ता जिल्लाहरूमा पनि यी अभियान प्रभावकारी रूपमा चलाइएको बैंकले जनाएको छ।
यसैगरी, नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले वित्तीय साक्षरता अभिवृद्धिका लागि विभिन्न सामग्रीहरू तयार गरी प्रकाशन गरेको छ। यी प्रयासहरूले बालबालिका, विद्यार्थी र युवाहरूमा वित्तीय चेतना र ज्ञान वृद्धिमा महत्त्वपूर्ण योगदान पुगेको एन आई सी एशिया बैंकको विश्वास छ।

।
