काठमाण्डौ- पश्चिम नवलपरासीको ७ वटै स्थानीय तहको कुल बजेट ४ अर्ब ८१ करोड ७४ लाख ६७ हजार ३४७ रुपैया प्रस्तुत भएको छ ।
जिल्लाको यि ७ वटै स्थानीय तहहरुले सम्पन्न गरेको गाउँ÷नगरसभामा आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि उक्त अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
सभाहरुमा रामग्राम नगरपालिकाकाले ८० करोड ५२ लाख ५६ हजार २०० रुपैयाँको अनुमाति बजेट प्रस्तुत गरेको छ भने सुनवल नगरपालिकाकाले ७६ करोड ३३ लाख ३७ हजार ५०९, बर्दघाट नगरपालिकाकाले ९६ करोड ८६ लाख १ हजार ५७० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
यता, पाल्हीनन्दन गाउँपालिकाले पनि ४३ करोड ३७ लाखको अनुमानति बजेट प्रस्तुत गरेको छ भने, सरावल गाउँपालिकाले ५३ करोड ९० लाख, प्रतापपुर गाउँपालिका ६९ करोड ८१ लाख ९६ हजार ०६८ रुपैयाँ र सुस्ता गाउँपालिकाले ६० करोड ९३ लाख ७६ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । ७ वटै स्थानीय तहहरुमध्ये बर्दघाट नगरपालिकाको बजेट बढि रहेको छ ।
७ वटै पालिकाहरुले कोरोना रोकथाम, कृषि, स्वास्थ्य, पुर्वाधार विकास र स्वरोजगारका कार्याक्रमहरुलाई बजेटको प्राथमिकतामा राखेका छन् ।
FACEBOOK COMMENTS