काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरी र बुहारीलाई मेयर र मन्त्री बनाउन यो देशले १५ खर्ब १५ सय अर्ब रुपैयाँ क्षति बेहोर्नुपरेको बताएका छन् ।
काठमाडौंको बल्खुमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भने–
‘मओवादीका साथीहरूलाई मेरो अपिल छ । १० वर्षको जनयुद्धमा यो देशले एक खर्ब ३० अर्ब रुपैयाँ क्षति बेहोरेको छ । आजको मूल्यमा मापन गर्ने हो भने पाँच खर्ब रुपैयाँ बराबरको भौतिक संरचना ध्वस्त पार्यो । यसको व्याजसति प्रचण्डको सम्पत्तिबाट भरपूर्तल गर्नुपर्छ । के परिवर्तन भयो ? प्रचण्डजीका बुहारी मन्त्री, छोरी मेयर, भाइ ज्वाइँ, छोरो नाति सबैलाई पदमा पुग्नका लागि यो देशले ३०५ खर्ब आजको मूल्यमा झण्डै १५ खर्ब १५०० अर्बको भौतिक क्षति भयो । यसको एक एक हिसाब माओवादीले तिर्न पर्छ ।’
FACEBOOK COMMENTS