काठमाडौं । भ्रष्टाचार र कुशासनका विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा खबरदारी सभा आयोजना गरिरहेको छ ।
‘अवस्था बदल्न व्यवस्था बदलौँ !’ भन्ने नाराका साथ आयोजना गरिएको सभामा विभिन्न नेताहरूले सम्बोधन गर्ने क्रम चलिरहेको छ । यसै क्रममा कार्यक्रम सञ्चालकले एउटा महत्वपूर्ण सूचना सुनाउँदै आफूहरूमाथि पत्र काट्न एक जना तयार रहेको बताएका छन् ।
उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’प्रति सङ्केत गदै यसो भने–
यहाँ एउटा सूचना प्राप्त भएको छ । मौसम अलिअलि गरम छ । धेरै साथीहरूले सहभागीहरूले पानी पिइराख्नुभएको होला । पानीको बोतललाई व्यवस्थित ढंगले राखिदिनुहोला । जथाभावी त्यो नफ्याँकीदिनुहोला । फेरि एक जना पत्र काट्नका लागि तयार भएर बसेको छ । त्यो पत्र आउँछ । त्यो पानीको बोतल तपाइँले बोक्नुभएको हो भने तपाइँको नाम थर नहुन सक्छ । त्यो पत्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा आउँछ । किन राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि पत्र काट्ने बनाउनुहुन्छ । राष्ट्रवादीहरू कसरी कार्यक्रम गर्दोरहेछ भनेर त्यसको दृष्टान्त पनि दिनु छ । त्यसमा सचेत भइदिनुहुन अनुरोध छ ।
FACEBOOK COMMENTS