काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा सत्तारूढ नेकपा (एमाले) को भ्रातृ सङ्गठन युवासङ्घको सहअध्यक्ष बनेको आरोप लगाएका छन् ।
आज मङ्गलबार पार्टीले बल्खुमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले चैत १५ गते तीनकुनेमा भएको हिंसा राज्यले गरेको र यसको जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार हुने भन्दै उनले प्रहरी प्रमुखबारे सो आरोप लगाएका हुन् ।
‘अहिलेको प्रहरी प्रमुख त एमालेको युवासङ्घको सहअध्यक्ष पो रहेछन् त । हामीले भेटेको खोका, अश्रुग्यासका बोक्रा जहाँ एक्सपाइरी डेट २००८ लेखेको रहेछ,’ लिङ्देनले भने, ‘अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्यास कसरी एक्सपायर्ड हुन्छ भन्छ । प्रहरी प्रहरी भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भ्रातृ सङ्गठन भएर बस्ने होइन ।’
उनले अहिले फुली लगाइदिने दलका नाइके र सिफारिसकर्ता सधैँ सत्तामा नहुने कुरा याद राख्न पनि सुझाए ।
‘तपाईं (दीपक थापा) लाई फुली लगाइदिने दलका नाइके र सिफारिस गर्नेहरू सधैँ सत्तामा हुँदैनन्, यो कुरा याद राख्नुस् । प्रहरी प्रहरी भएर बसोस्,’ लिङ्देनले भने ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS