काठमाडाैं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका नेताले सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् ।
समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले तीनकुनेमा भएको आन्दोलनपछि पक्राउ गरिएका नेताहरूलाई सरकारले आगामी वैशाख २१ गतेसम्म रिहान नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका हुन् ।
आज बुधबार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले सरकारले आफूहरूको माग सुनवाइ नगरेको खण्डमा २२ गते सामूहिक गिरफ्तारी दिने बताए । उनले सामूहिक गिरफ्तारीका लागि सबैभन्दा अगाडि आफू उभिने पनि बताए ।
‘वैशाख २१ गतेसम्म नवराज सुवेदीको नजरबन्द फुकुवा र हाम्रा साथीहरूको मुद्दा खारेज गरेर रिहाइ भएन भने २२ गते तीनकुनेमा सहादत प्राप्त भएका वीर शहीदको रगत लत्पतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिनेछौँ । हामी ज्यानको माया मारेर अगाडि बढ्नेछौँ,’ गुरुङले भने, ‘सबैभन्दा अगाडि म हुन्छु । तपाईंहरू को–को आउनुहुन्छ आउनुस् ।’
FACEBOOK COMMENTS