काठमाडौँ । लोकतन्त्र दिवसका अवसरमा आज नेकपा (एमाले) ले काठमाडौँको भृकुटीमण्डपमा युथ सेलिब्रेशन को आयोजना गरेको छ ।
जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई जनताले जितेको दिनको रूपमा एमालेले युथ सेलिब्रेशन गरेकाे हाे ।
स्वदेशमा रोजगारी र समृद्धिका लागि युुवाहरुका लागि अवसर छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा सहभागी हुन देशभरका युवाहरू काठमाडौँमा भेला भएका छन् । एमालेनिकट युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबेले कार्यक्रममा ४० वर्ष मुनीका करिब एक लाख युवा सहभागी हुने राष्ट्रिय बताए ।
तस्बिरहरू : दिवस गौतम/कर्पोरेट खबर
FACEBOOK COMMENTS