गण्डकी । गण्डकीका निलम्बित सांसद राजीव गुरूङ (दीपक मनाङे) ले फैसला पुनरवलोकनका लागि सर्वोच्चमा दिएको रिट फिर्ता लिएका छन्।
सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने कसुरमा दोषी ठहर गर्दै मनाङेलाई कैद सजाय फैसला गरेको थियो।
गुरूङले फैसला पुनरवलोकनका लागि माघ ४ गते निवेदन दिएका थिए।
पुनरवलोकनका लागि उनले दिएको निवेदन पेशी चढे पनि सुनुवाइ हुन सकेको थिएन। उनले पुनरवलोकन रिट फिर्ताका लागि सोमबार निवेदन दिएका थिए।
उक्त निवेदनमा सुनुवाइ गर्दै बिहीबार कुमार रेग्मी, हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासबाट निवेदन फिर्ताको माग अनुसार नै आदेश भएको सर्वोच्चको वेबसाइटमा उल्लेख छ।
FACEBOOK COMMENTS