काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो पार्टी नेकपा एमालेले स्टन्ट गरेर र अरूलाई गाली गरेर देश नबन्ने बताएकी छन् ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै डङ्गोलले देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्ने धारणा राखेकी हुन् ।
‘जब जब युवा एकजुट हुन्छन् तब तब असम्भव भनिएका कुरालाई सम्भव बनाउँछन्, सफलता उनीहरूले नै पाउँछन्, जसले कहिल्यै हार मान्दैन’, उनले भनिन् । अहिले एमाले माथि चौतर्फी आक्रमण भइरहेको बताउँदै उनले जति आक्रमण भए पनि विचलित नहुने दाबी गरिन् ।
आफूले गरेको राम्रो काम देख्न नसक्नेहरूले आफू माथि निरन्तर आक्रमण गरिरहेका उनले बताईन् ।‘विकासका काम गर्ने माथि आक्रमण गर्नेहरू राष्ट्र विरोधी तत्त्वहरू हुन्’, उनले भनिन् । नेपाली युवाले काम गर्न सक्छ भन्ने कुरा आफूले विश्व सामु प्रस्तुत गरेको उनले दाबी गरिन् ।
आफूले गरेको कामले धेरैलाई पोलेको र उनीहरू आफू माथि निरन्तर आक्रमणमा लागि रहेका उनले स्पष्ट परिन् । उनले भनिन् ‘म रोकिन्न, म रोकिने मान्छे होइन, म मेरो सहर र मेरो देशको लागि काम गरिरहन्छु’, ।
एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएको कारण उहाँ माथि आक्रमण भइरहेको बताउँदै भूकम्पले थिलथिलो भएको देशलाई उठाउने केपी ओलीलाई सम्मान गर्नुको बदला राष्ट्र विरोधीहरूले विभिन्न आरोप लगाउने गरेको बताईन् ।
युवाले सही र गलत छुट्याउनु पर्ने उनले बताईन् । युवाले हरेक कुरालाई रचनात्मक हिसाबले विश्लेषण गर्नुपर्ने बताउनुभयो । सत्य के हो भनेर हेर्ने र खोज्ने मानिस मात्र युवा हुने उनको धारणा छ । मानिस उमेरले मात्र युवा हुने होइन सोच र कामले युवा हुने बताईन् ।
एमालेले कसैको घर लुट्न नसिकाउने उनले बताईन् । सामाजिक सञ्जालमा भाँडभैलो मच्चाउन नसिकाउने उहाँले प्रष्ट पारिन् । ‘एमालेले युवालाई दश नङ्ग्रा खियाउन सिकाउँछ, त्यस कारण म एमालेमा छु’, डङ्गोलले भनिन् ।
जसले सपना देख्छ उसैले काम गर्ने पनि उनले बताईन् । एमाले सपना देख्ने पार्टी भएकोउनकोे धारणा छ ।
नेकपा एमालेका युवाहरू समस्याबाट भाग्ने युवा नभएका उनले बताईन् । समस्यासँग जुधेर समाधान खोज्नुपर्ने उनको धारणा छ ।
FACEBOOK COMMENTS