काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिपति रामचन्द्र पौडेलले वैशाख १९ गते प्रस्तुत गर्ने भएका छन् ।
संघीय संसदका राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने छ ।
नीति तथा कार्यक्रम वैशाख २८ अगावै पारित गरेर प्रि–बजेट छलफल थाल्ने गरी संसद्को कार्यतालिका तयार पारिए अनुसार नीति तथा कार्यक्रम समयसीमाभित्रै आउन लागेको हो ।
जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संविधानको व्यवस्था छ ।
FACEBOOK COMMENTS