काठमाडौं । आन्दोलनरत शिक्षकहरुलाई तीन दिन भित्र फर्कन सर्वोच्च अदालतले आदेश दिएको छ ।
चैत्र २० गतेदेखि काठमाडौमा आन्दोलन गरिरहेका शिक्षकहरुलाई आज न्यायाधीश नहकुल सुवेदीको एजलासले यस्तो आदेश जारी गरेको हो ।
शिक्षकका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न सरकारलाई भनेको छ । आगामी तीन दिनभित्र शिक्षकहरूलाई विद्यालय फर्की पठनपाठन गराउने वातावरण बनाउन भनको छ ।
शिक्षकहरूले शिक्षा ऐन जारी गर्ने लगायत माग राखी आन्दोलनरत गरिरहेका छन् ।
FACEBOOK COMMENTS