बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्न जरुरी छ : अध्यक्ष ढकाल
              
                          
            
              
                  
                      
                          
                          	                              
                                                                  
                                                                 कर्पोरट खबर                              
                                                      
                          
                               3:53 pm, शनिबार, वैशाख १३, २०८२
                                                              	कर्पोरट खबर                              
                                                      
                          
                               3:53 pm, शनिबार, वैशाख १३, २०८२  
                          
                       
                      
                   
               
              			              
			            			          
                            
                                        
              	      
            
      
काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्नेमा जोड दिएका छन् ।
विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, उद्योग विभाग, प्रतिलिपि अधिकार राजिष्ट्रारको कार्यालयले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले बौद्धिक सम्पत्ति (आईपी) बारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिएको धारणा राखे ।
अध्यक्ष ढकालले कतिपय अवस्थामा टे«डमार्ककका विषयमा विवादहरू आउने गरेकाले यसको समाधान हुनुपर्नेमा जोड दिए । यस्तै, उनले ट्रेडमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाइको प्रक्रियालाई सरल, सहज र छिटो गर्नुपर्ने बताए ।
‘नेपालको कानुनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरेको छ । जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कलाई सुरक्षित राख्न सहयोग पुगेको छ, यसप्रकारका कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिवृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास छ,’ उनले भने ।
उनले गीतसङ्गीत क्षेत्र मनोरञ्जन उद्योगका रूपमा विकास हुँदै आएको अवस्थामा सर्जकहरूले सिर्जनाको संरक्षण आवश्यक रहेको बताए । विश्व बौद्धिक सम्पदा सङ्गठन (वाइपो) ले पहिलो विश्व आईपी दिवस २००१ मा मनाएको थियो । सङ्गठनले हरेक वर्ष फरक–फरक नारा तय गरी यो दिवस मनाउँदै आइरहेको छ । संङ्गठनले यस वर्ष ‘आईपी एण्ड म्युजिक फिल द बिट अफ आईपी’ नारा तय गरेको छ ।
              
              
              
              		              
		                            
              
                            
                          
                      		
          		          					
				 
				
FACEBOOK COMMENTS