काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच आज बुधबार एकता घोषणा हुँदै छ ।
दुई दलबीचको सहमतिअनुसार आज बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको हलमा आयोजना हुने कार्यक्रममा एकीकरण घोषणा हुन लागेको हो ।
दुई पार्टीबीच एकतापछिकाे पार्टीकाे नाम नागरिक जनमत पार्टी (नाजपा) रहने छ । एकीकरणपछि बन्ने पार्टीको अध्यक्षता हालको जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गर्ने छन् ।
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्ने छिन् । संरक्षक रेशम चाैधरी भने नयाँ पार्टीमा पनि संरक्षककै भूमिकामा रहने छन् ।
वरीयतामा भने रेशम पहिलो र सीके दोस्रो स्थानमf रहने छन् भने रञ्जिता तेस्रो स्थानमा रहने छिन् ।
प्रतिनिधिसभामा जनमतका ६ जना र नाउपाका ४ जना सांसद छन् ।
FACEBOOK COMMENTS