काठमाडौ । आन्दोलनरत शिक्षक र सरकारबिच सहमति भएको छ । आज शिक्षा मन्त्रालयमा भएको वार्तामा सहमति भएको हो ।
शिक्षक र सरकारबिच सहमति भएको भनिएपनि कति बुँदामा सहमति भयो भन्ने विषय खुलाइएको छैन ।
आज भएको सहमति मन्त्रिपरिषद् बैठकपछि मात्रै सार्वजनिक गरिने भएको छ । वार्तामा शिक्षकका प्रतिनिधिका साथै गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त थिए ।
FACEBOOK COMMENTS