काठमाडौं । राष्ट्रियसभा सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
आज आइतबारको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सुनारले पूर्वराजा शाहलाई पक्राउ गर्नमा सरकारले किन ढिलाइ गरेको भनी प्रश्न गरे ।
गत चैत १५ गतेको राजसंस्था पक्षधरहरूको विध्वंसात्मक प्रदर्शनको योजनाकार पूर्वराजा शाह भएको उनको आरोप छ ।
‘२०८१ चैत १५ गते तीनकुने विध्वंसात्मक र उत्पात मच्चाउने घटनाको माइक्रो–म्यानेजमेन्ट मिलाउने ज्ञानेन्द्र शाह तुरुन्त गिरफ्तार गर्नुपर्ने थियो । सरकारले अहिलेसम्म के हेरेर बसेको छ ?,’ उनले भने, ‘सरकारले किन ढिलासुस्ती गरेको छ ? यस्ता अपराधीलाई कानुनी दायरामा ल्याउन ढिला भइरहेको छ । त्यसैले गर्दा सम्मानीय अध्यक्षमार्फत उक्त व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन माग गर्दछु ।’
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS