काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे संसद्मा जवाफ दिने भएका छन् ।
उनले वैशाख २५ गतेको प्रतिनिधिसभा बैठकमा यसबारे जवाफ दिने सभामुख देवराज घिमिरेले आजको बैठकमा जानकारी दिए ।
नाउपाले रेशम पक्राउबारे प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ दिनुपर्ने, अन्यथा संसद् अवरोध गरिने बताउँदै आएको थियो । सोहीअनुसार आज नाउपाका सांसदहरूले संसद्मा उठेर विरोध जनाएका थिए ।
केहीबेर प्रभावित भएको बैठक सभामुखले गृहमन्त्रीले रेशम पक्राउबारे जवाफ दिने जानकारी गराएसँगै नीति तथा कार्यक्रममाथि पूर्ववत् छलफल भइरहेको छ ।
FACEBOOK COMMENTS