काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानमन्त्री, मन्त्री र सांसदहरूलाई लुम्बिनीमा सामूहिक ध्यान गर्न प्रस्ताव गरेका छन् ।
आज मङ्गलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको पर्यटन प्रवर्द्धनका लागि आउँदो बुद्धजयन्तीको दिन बुद्ध जन्मस्थल लुम्बिनीमा सामूहिक ध्यान गर्न प्रस्ताव राखेका हुन् ।
उनले गौतमबुद्धले ६ वर्ष ध्यान गरेको स्मरण गराउँदै आफूहरूले लुम्बिनीमा ६ घण्टा सामूहिक ध्यान गरे संसारभर त्यसको सन्देश फैलिने र विश्वका बौद्ध धर्मावलम्बीहरू ह्वारह्वार्ती नेपाल आउने दाबी गरे ।
‘पर्यटन क्षेत्र असीम सम्भावना बोकेको क्षेत्र हो । ६ दिनपछि बुद्धजयन्ती छ । ध्यान–पर्यटन नै गर्ने भए प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसाभाका अध्यक्ष, प्रधानमन्त्री, मन्त्री र सबै सांसदहरू बुद्धजयन्तीको दिन लुम्बिनी गएर ६ घण्टा ध्यान गरौँ,’ सांसद गुरुङले भने, ‘बुद्धले ६ वर्ष ध्यान गर्नुभयो, हामीले ६ घण्टा मात्रै ध्यान गर्यौँ भने पनि संसारभर यसको सन्देश जान्छ । त्यसपछि बुद्ध धर्मावलम्बीहरू ह्वारह्वार्ती नेपाल आउन थाल्छन् ।’
FACEBOOK COMMENTS