काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता सम्बन्धमा पुनरावेदनका लागि आह्वान गरेको छ ।
प्राधिकरणले आज सूचना प्रकाशित गर्दै डेडिकेटेड र ट्रंकलाइनको बक्यौताको पुनरावेदनका लागि आह्वान गरेको हो । वैशाख २१ गते बसेको सञ्चालक समितिको निर्णयानुसार पुनरावेदन आह्वान गरिएको हो ।
सूचनामा भनिएको छ, ‘नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरी विद्युत् महसुल बक्यौता रहेका ग्राहकहरूलाई २०८२ जेठ मसान्तभित्र नेविप्रा विद्युत् वितरण विनियमावली, २०७८ को विनियम ५५ को उपविनियम (२) बमोजिम बिल रकमको ५ प्रतिशत बराबरको रकम नगद वा सो बराबरको एक वर्षको म्याद रहने गरी जारी भएको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटी बापत जम्मा गरी ऐ विनियमावलीको विनियम ५५ को उपविनियम (१) बमोजिम प्रशासकीय पुनरावेदनका लागि निवेदन दिनसक्ने म्याद कायम गरिएको व्यहोरा सञ्चालक समितिको मिति २०८२-०१-२१ को निर्णयानुसार सम्पूर्णमा जानकारी गराइन्छ ।’
FACEBOOK COMMENTS