काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामा राख्नुको कारण माग गरेको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई थुनामा राख्नुको कारण पेस गर्न आदेश दिँदै उनलाई सशरीर अदालतमा उपस्थित गराउन भनेको हो ।
गत चैत १५ गतेको तीनकुने घटनामा संलग्नताको आरोप लगाउँदै प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा लिएको छ । उनीमाथि पटक–पटक म्याद थप गरिएको छ ।
आफ्ना पति मिश्रलाई गैरकानुनी थुनामा राखिएको जिकिर गर्दै हिजो मङ्गलबार उनकी श्रीमती सरिका कार्कीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।
FACEBOOK COMMENTS