काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले साधारणसभा प्रयोजनाका लागि जेठ ११ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले तोकेको लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्ने छ ।
९ गते शुक्रबार र १० गते शनिबार परेकाले आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले गत आवको लाभांश बाट ४.७५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
जसमा ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले जेठ २५ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS