काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्वध्यक्ष भवानी राणाले आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गरेकी छिन् ।
आर्थिक वर्ष २०८२/०८३ का लागि आज अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको बजेट लगानीकर्तालाई विश्वास दिलाउँदै उत्साहित गर्ने दिशामा केन्द्रित रहेकाले सफल र राम्रो मानिएको प्रतिक्रिया दिएकी हुन् ।
बजेटमा समावेश गरिएका विशेष आर्थिक क्षेत्रमा दिइएको सहुलियत, होटेल तथा रिसोर्टलाई विशेष उद्योगसरह सुविधा दिइने, उद्योग स्थान्तरणका लागि जग्गा भाडाको व्यवस्था, उत्पादनशील उद्योगलाई सहुलियत दरमा विद्युत् आपूर्ति र औद्योगिक क्षेत्रमा निरन्तर विद्युत् आपूर्तिको व्यवस्थालगायतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने उनको भनाइ छ ।
यस्तै, हदबन्दीका कारण बिक्री हुन नसकेका हाउजिङ तथा अपार्टमेन्ट बिक्रीको आवश्यक प्रवन्ध गर्ने नीति लिनु, एक्जिम कोड लिँदा आवश्यक बैंक ग्यारेन्टी खारेज, सन्दर्भ मूल्याङ्कन पुस्तिकालाई स्वचालित बनाउने, एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने नीतिले आर्थिक क्षेत्रलाई चलायमान बनाउने पूर्वध्यक्ष राणाको विश्वास छ ।
यस्तै, ७३२ किलोमिटर डवल सर्किट राष्ट्रिय प्रशारण लाइन निर्माण गर्ने लक्ष्य, आयकर छुट, स्वेट शेयरको व्यवस्था र साना तथा मझौला उद्यमीहरूलाई प्रदान गरिएको सहुलियतलगायत विषयले मुलुकको आर्थिक क्षेत्रमा नयाँ रक्तसञ्चार गर्ने उनको भनाइ छ ।
उनले राम्रो बजेट कार्यान्वयनका लागि राम्रै प्रयास आवश्यक रहेको पनि बताएकी छिन् । साथै, बजेट कार्यान्वयनको सवालमा नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
बजेटले विद्यमान समस्या समाधान गर्ने प्रयास गर्यो तर सबै माग सम्बोधन भएनन् : चन्द्र ढकाल
बजेट बाँडफाँट राम्रो छ, कार्यान्वयनमा विशेष ध्यान दिनुपर्छ : कमलेश कुमार अग्रवाल
FACEBOOK COMMENTS