काठमाडाैं । संसद्को अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच केहीबेरमा छलफल हुँदै छ ।
प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुन लागेको हो ।
उनीहरूबीच अहिले दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहमन्त्री रमेश लेखकले भिजिट भिसामा हुने गरेको मानव तस्करीमा आर्थिक लेनदेन गरेको आरोप लागेपछि विपक्षी दलहरूले उनको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएका छन् ।
FACEBOOK COMMENTS