काठमाडौं । ब्राजिलियन फुटबल खेलाडी नेइमारले आफूलाई कोरोना सङ्क्रमण भएपछि सान्तोसको खेल गुमाएका छन् ।
सान्तोसले नेइमारलाई कोरोना सङ्क्रमण पुष्टि भएकाले बिहीबारदेखि आइसोलेट गरिएको जानकारी दिएको छ ।
गत जनवरीमा आफ्नो पूर्वक्लब सान्तोसमा फर्किएका नेइमार इन्जुरी र अन्य कारणले नियमित खेल्न सकिरहेका छैनन् । उनले अहिलेसम्म सान्तोसका लागि केवल १२ खेल मात्र खेलेका छन् ।
FACEBOOK COMMENTS