काठमाण्डौ – बलिउड अभिनेता अमिताभ बच्चनका छोरा अभिनेता अभिषेक बच्चनमा पनि कोरोना भाइरस पुष्टि भएको छ ।
शनिबार साँझ कोरोना परीक्षण गर्दा अमिताभलाई कोरोना देखिएपछि अभिषेकको पनि कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको हो ।
अभिषेकले ट्वीट मार्फत आफूलाई कोरोना देखिएपछि अस्पताल भर्ना भएको लेखेका छन् ।
अभिषेकले शनिबार बुवा अमिताभ र आफूमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गर्दै सामान्य लक्षण मात्रै देखिएको बताएका छन् । आफूहरुले आवश्यक प्रक्रिया पूरा गरेको र परिवारका अन्य सदस्य र कर्मचारीको परीक्षण भइरहेको पनि उनले बताएका छन् । उनले सबैलाई शान्त रहन आग्रह गर्दै नआत्तिन अपिल पनि गरेका छन् ।
FACEBOOK COMMENTS