काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा १ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ को ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
हकप्रद सेयरका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरेको छ । जेठ ५ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । राप्ती हाइड्रोको हकप्रद सेयरमा असार २२ गतेसम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
हकप्रदमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, राप्ती हाइड्रोको कर्यालय त्रिपुरेश्वर, मुक्तिनाथ विकास बैंकका शाखाहरु विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज–पर्सा, जनकपुर–धनुषा, नारायणगड– चितवन, पोखरा कास्की (चिप्लेढुङ्गा), बुटवल रुपन्देही, नेपालगञ्ज बाँके, वीरेन्द्रनगर सुर्खेत, धनगढी कैलाली र महेन्द्रनगर कञ्चनपुरबाट आवेदन दिन सकिनेछ ।
यस्तै धितोपत्र बोर्डबाट सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS