अमेरिकी राष्ट्रपति पहिलो पटक सार्वजनिक रुपमा फेस मास्क लगाएको भेटिए । ट्रम्प वासिङ्टन नजिकै रहेको वाल्टर रीड नेशनल मेलिटरी मेडिकल सेन्टरको भ्रमणमा गएका थिए जहाँ उनले घाइते सैनिक र स्वास्थ्यकर्मीसँग भेट गरे ।
ट्रम्प यसअघि सार्वजनिक रुपमा फेस मास्क लगाउन अस्विकार गरिसकेका छन् । हालै आफ्नो राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनले उनलाई फस मास्क नलागाएको भन्दै कटाक्ष गरेका थिए ।
शनिबार ह्वाइट हाउसबाट निस्कने बेला उनले मास्क लगाएका थिए । उनले भनेका थिए, ‘अस्पतालमा जब तपाईं थुप्रै मानिसहरुसँग भेट गर्नुहुन्छ त्यहाँ तपाईंले मास्क लगाओस् भनेर थुप्रैले आशा राखेका हुन्छन् । ’
उनले थपे, ‘म कहिले पनि मास्क विरोधी थिइनँ । तर मलाई लाग्छ कि सबै कुराको समय र स्थान हुन्छ । ’
अमेरिकामा कोरोना महामारी देखिएपछि ट्रम्पले सार्वजनिक रुपमा पहिलो पटक मास्क लगाएको देखिएका हुन् ।
FACEBOOK COMMENTS