काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदको आजको बैठक पनि बहिष्कार गरेको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको बैठकमा बोल्दै भिजिट भिसा प्रकरणमा आफूहरूको विरोध जारी रहेको उल्लेख गर्दै जबर्जस्ती संसद सञ्चालन गरिएमा बैठक बहिष्कार गरिरहने बताएका हुन् ।
उनले संसदमा रहेका एक सांसदको पनि उत्तिकै महत्त्व हुनुपर्ने बताउँदै जबर्जस्ती संसद सञ्चालन हुन नहुने बताए ।
लिङ्देनले राप्रपाले बहिष्कार गरेको दिनको संसद भत्ता नलिने समेत जानकारी गराए । राप्रपाले हिजो आइतबारको बैठक पनि बहिष्कार गरेको थियो ।
FACEBOOK COMMENTS