चितवन । पूर्वपश्चिम राजमार्ग तीन दिनदेखि अवरुद्ध छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किवासको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध बनेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।
विनयी खोलाको पुल भाँचिएपछि खोलामाथि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आए पनि मङ्गलबार बिहान आएको बाढीले डाइभर्सन बगाएपछि राजमार्ग अहिलेसम्म अवरुद्ध बनेको हो ।
अहिले उक्त स्थानमा डाइभर्सन बनाएर सडक खुलाउने प्रयास भइरहेको र सवारी आवागमन दुईतर्फी सुचारू गर्न केही घण्टा लाग्ने बताइएको छ ।
डिभिजन प्रमुखको निर्देशनमा इन्जिनियरसहितको टोली अहिले डाइभर्सन बनाउन खटिएको र छिटोभन्दा छिटो सवारी आवागमन खुलाउने प्रयास भइरहेको छ । साथै, पानीको बहाव कम हुँदै गएमा डाइभर्सन खुलाउन ४–५ घण्टा लाग्ने कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS