काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले इजरायललाई कडा जवाफ दिने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै खामेनीले यहुदीहरूमाथि कुनै दया नदेखाउने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हामीले आतङ्कवादी यहूदी शासनलाई कडा जवाफ दिनुपर्छ । हामी यहूदीहरूलाई कुनै दया देखाउने छैनौँ ।’
यो घोषणापछि इरानले इजरायलमा २५ वटा मिसाइल प्रहार गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिनाशर्त आत्मसमर्पण गर्न चेतावनी दिएका थिए । साथै, उनले इरानका सर्वोच्च नेता कहाँ छन् भन्ने आफूहरूलाई जानकारी रहेको बताउँदै अहिले नै उनलाई नमार्ने उल्लेख गरेका थिए ।
गत शुक्रबारदेखि सुरू भएको यस युद्धमा इरानमा दर्जनौँ शीर्ष सैन्य अधिकारीसहित साढे दुई सयभन्दा बढीको ज्यान गएको छ ।
अमेरिका प्रत्यक्ष रूपमा अहिलेसम्म यस युद्ध सामेल नरहे पनि अब छिट्टै अमेरिका यो युद्धमा सामेल हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रपति ट्रम्पले क्यानडाबाट फर्केपछि व्हाइटहाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरेका छन् र मध्यपूर्वमा थप लडाकु विमान पठाउने निर्णय गरेका छन् ।
FACEBOOK COMMENTS