काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा जारी राखेको संसदको विरोधको स्वरूप फेरेको छ ।
विहिबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसदहरुले वेल अगाडी पलेटी कसेर बसेका छन् भने उनीहरु यसअघि जस्तो नाराबाजी गरेका छैनन् ।
सभामुख देवराज घिमिरेले संसद्को नियमित प्रक्रिया जारी रहेको समयमा नाराबाजी कायम गरिए बैठक कक्षाबाट निकाल्ने चेतावनी दिएपछि रास्वपाले विरोधको स्वरूप फेरेको बताइएको छ ।
सभामुख घिमिरेसँग रास्वपाले नाराबाजी नगर्ने सहमति गरेको बुझिएको छ ।
भिजिट भिसा प्रकरणको विरोध गरिरहेको अर्को दल राप्रपाले भने अवरोधका बीच संसद संचालन गरेको भन्दै आजको बैठक पनि बहिष्कार गरेको छ ।
FACEBOOK COMMENTS