काठमाडौं । अख्तियात् दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरीया नगरपालिका, (हाल बहुदरमाई नगरपालिका, पर्सा) का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा सन्दिप साहलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारले नगरपालिकामा कार्यरत कर्मचारीहरुले बिभिन्न योजनाहरुको स्वीकृति एवं कर्मचारी नियुक्ति लगायतका विषयहरुमा अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा श्रीवास्तव र शाहलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
विद्युतीय उपकरण (मोबाइल) थान–४ सहित जिल्ला पर्सा, वीरगञ्ज महानगर–१२ प्रतिमा चोक र वडा नं. ३ प्रगतिनगरबाट शुक्रबार नियन्त्रणमा लिइएको छ ।
साथै हाल पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बिनय कुमार सिंह र ऐ. वीरगञ्ज नगरपालिका–२ का सचिव ओम प्रकाश चौरसियाको साथबाट बिद्युतीय उपकरण (मोबाइल) थान–२ बरामद गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
FACEBOOK COMMENTS