काठमाडौं । वेस्ट इन्डिज टुरमा रहेको अष्ट्रेलिया पहिलो टेस्टको पहिलो इनिङमा १८० रनमा अल आउट भएको छ ।
बुधबारदेखि सुरू भएको सिरिजको पहिलो टेस्टमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलिया ५६.५ ओभर खेल्दै १८० रन बनाएर अल आउट भएको थियो ।
अष्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ५९ रन बनाए भने उसमान ख्वाजाले ४७ रन बनाएका थिए । त्यस्तै, कप्तान पाट कमिन्सले २८ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
अष्ट्रेलियाको ब्याटिङ लाइन ध्वस्त गर्नेक्रममा वेस्ट इन्डिजका बलर जेडेन सिलेसले ५ विकेट लिएका थिए । त्यस्तै, शमर जोसेफले ४ विकेट लिए भने जस्टिन ग्रिभ्सले एक विकेट लिएका थिए ।
त्यस्तै, आफ्नो पहिलो इनिङको ब्याटिङ सुरू गरेको वेस्ट इन्डिजले सुरूआती चार विकेट गुमाएको छ । पहिलो दिनको खेल सकिँदा वेस्ट इन्डिजले ४ विकेट गुमाउँदै ५७ रन मात्र बनाएको छ । पहिलो दिनको खेल सकिँदा वेस्ट इन्डिज अष्ट्रेलियासँग १२३ रनले पछाडि छ ।
वेस्ट इन्डिजका लागि डेब्यू टेस्ट खेलिरहेका ब्राण्डन किङ २३ रन बनाएर खेलिरहेका छन् भने कप्तान रोस्टन चेज एक रन बनाएर खेलिरहेका छन् । यसअघि केसी कार्टीले २०, जोन क्याम्पबेलले ७ र क्रेग ब्रेथवेटले ४ रन बनाएका थिए । त्यस्तै, अष्ट्रेलियाका बलर मिचेल स्टार्कले २ तथा जोस हजेलवुड र पाट कमिन्सले एक–एक विकेट लिएका थिए ।
FACEBOOK COMMENTS