काठमाडौं । बलिउडको प्रसिद्ध गीत ‘काँटा लगा’ फेम अभिनेत्री शेफाली जरिवालाको निधन भएको छ ।
भारतीय मिडियाहरूले ४२ वर्षीया शेफालीको हृदयघातका कारण निधन भएको उल्लेख गरेका छन् ।
शेफालीलाई शुक्रबार राति अन्धेरी वेस्ट (मुम्बई) स्थित बेलेभ्यू अस्पतालमा बेहोस अवस्थामा लागिएको थियो । शेफालीलाई उनका पति अभिनेता पराग त्यागी र तीन जनाले अस्पताल पुर्याएका थिए ।
अस्पताल पुर्याइएकी अभिनेत्री शेफालीलाई डाक्टरहरूले उपचार सुरू गर्नुअघि नै मृत घोषित गरेको बताइएको छ ।
‘काँटा लगा गर्ल’ को रूपमा प्रसिद्ध शेफालीले अक्षय कुमार र सलमान खानसँग फिल्म ‘मुझसे शादी करोगी’ मा काम गरेकी थिइन् । शेफालीले लोकप्रिय रियालिटी शो ‘बिग बोस १३’ मा पनि भाग लिएकी थिइन् ।
FACEBOOK COMMENTS