काठमाडौं । शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसनले आफ्नो वार्षिकको दोस्रो संस्करण सम्पन्न गरेको छ ।
नेपाली खेलकुदमा योगदान पुर्याएका स्थापित हस्ती र उदाउँदा प्रतिभालाई सम्मान गर्ने उद्देश्यले स्थापित यो पुरस्कार समारोहमा यस वर्ष पनि एक वरिष्ठ र एक युवा खेलाडीलाई सम्मान गरिएको छ ।
यस वर्षको ’ नेपाली फुटबलका महान हस्ती तथा पूर्व कप्तान राजुकाजी शाक्यलाई प्रदान गरिएको थियो भने नेपाली फुटबलमा खेलाडी तथा प्रशिक्षकको रूपमा उनले पु(याएको अतुलनीय र उत्कृष्ट योगदानको कदर गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो। शाक्यको नेतृत्वमा नेपालले दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण पदक जितेको थियो ।
नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई पनि सम्मान गरिएको थियो । देशमा भलिबल खेलको विकास र महिला खेलाडीहरूलाई प्रेरणा प्रदान गर्न उनले पु¥याएको महत्वपूर्ण योगदानको लागि उनलाई सम्मानित गरिएको हो। शाहीको नेतृत्वमा नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेको छ।
पुरस्कार स्वरूप दुवै जनालाई दुुई लाख ५० हजार रुपैयाँ स–सम्मान नगद दिइएको हो । शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन स्वर्गीय शरद चन्द्र शाहाको सम्झनामा उनका परिवारजनहरूद्वारा २०२० नोभेम्बर ३० मा स्थापना गरिएको थियो। शरद चन्द्र शाहा नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिका रुपमा प्रख्यात छन् । उनी एशियाली ओलम्पिक परिषद्को उपाध्यक्षको रूपमा सेवा गर्ने पहिलो नेपाली व्यक्तिसमेत हुन् ।
FACEBOOK COMMENTS