काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिनको युद्धविराममा सहमति जनाएको बताएका छन् ।
ट्रम्पले यस अवधिमा सबै पक्षहरूसँग युद्ध अन्त्य गर्ने प्रयास गरिने बताए । उनले हमासलाई चेतावनी दिँदै यदि उनीहरूले यो सम्झौता स्वीकार गरेनन् भने स्थिति बिग्रने बताएका छन् ।
ट्रम्पले कतार र इजिप्टले यस सम्झौताको अन्तिम प्रस्ताव हमासलाई पठाउने पनि बताएका छन् । यी दुवै देशहरू लामो समयदेखि शान्ति ल्याउने प्रयास गरिरहेका छन् ।
ट्रम्पले भनेका छन्, ‘इजरायलले ६० दिनको युद्धविराममा सहमति जनाएको छ । अब हामी सबै पक्षहरूसँग कुरा गरेर युद्ध अन्त्य गर्ने प्रयास गर्नेछौं । आशा छ, हमासले यो प्रस्ताव स्वीकार गर्नेछ, किनकि योभन्दा राम्रो मौका अरू कुनै हुने छैन । यदि उनीहरू यस पटक छुटे भने अवस्था बिग्रने छ ।’
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अर्को सोमबार वाशिङ्टन डीसीको भ्रमण गर्नेछन् । त्यहाँ उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा भेट्ने छन् ।
नेतान्याहूको यो भ्रमण इजरायलका रणनीतिक मामिलामन्त्री रोन डर्मरको वाशिङ्टन भ्रमणको लगत्तै हुन लागेको हो । डर्मरले गत हप्ता अमेरिकी अधिकारीहरूसँग गाजामा युद्धविराम, इरान र अन्य मुद्दाहरूमा छलफल गरेका थिए ।
FACEBOOK COMMENTS